वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २५ को वडाअध्यक्षमा आशुतोष चतुर्वेदी निर्वाचित भएका छन् ।
शुक्रबार बिहान सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेकपा एमालेका उम्मेदवार बिषराज पटेल लाइ ५५ मत अन्तरले पराजित गर्दै जसपाका चतुर्वेदी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
चतुर्वेदी ९७७ मत ल्याउदा , बिषराजले भने ९२२ मत पाएका छन् । यस्तै कांग्रेसका भैयाराम पटेलले भने ६१४ मत प्राप्त गरेका छन् ।
