Categories समाचार

लाइसेन्सको नयाँ आवेदन सोमबारबाट

Advertisement

काठमाडौं । प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ।

पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

Advertisement

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै लाइसेन्सको परीक्षा दिन  पाउने गरी तयारी गरेको बताएको यो पहिलो पटक होइन । विभागले ४ जेठबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने गरी तयारी गरेको दाबी गरेको थियो तर प्राविधिक समस्याले गर्दा डिला हुन गएको विभागले जनाएको छ ।

Advertisement

“नयाँ आवेदनको लागि सोमबारबाट नै खुला गर्ने गरी विभागले तयारी गरिरहेको छ,’ विभागका महानिर्देशक घिमिरेले भने ।

आजको कारोबार दैनिकमा समाचार छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *