Categories राजनीति हाइलाइट-समाचार

नेता सिंह १८ हजार ७५८ मतले अगाडी

Advertisement

पर्सा । वीरगञ्ज महानगरपालिका प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले ३८ हजार ४३७ मत ल्याएका छन् । सिंहका प्रतिस्पर्धी नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार बिजय सरावगीले १९ हजार ६७९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ८५७ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमाले उम्मेदवार सरावगी भन्दा १८ हजार ७५८ मतले सिंह अगाडी छन् ।

साथै उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले २४ हजार ९१५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ६ हजार ५६८ मत मात्रै प्राप्त गरेका छन् । उपप्रमुखमा लोसपाका झा भन्दा १८ हजार ३४७ मतले गठबन्धनका उम्मेदवार आलम अगाडी छन् । 

Advertisement

अव ३ वटा वडा मात्रै मतगणना बाँकी रहेकोले आलमको जित निश्चित जस्तै भइसकेको छ । आलम र झा पछि उपप्रमुखका स्वतन्त्र उम्मेदवार रम्भा झाले ३  हजार ४५८ र राप्रपाकी उम्मेदवार बिना जैसवालले ४ हजार ८३४ मत प्राप्त गरेकी छिन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा अव ३ वटा वडा मात्रै गणना बाँकी रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *