Categories समाचार

एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा

Advertisement

नेपालगन्ज । कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ। फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि उक्त रहस्य बाहिर आएको हो। नेपालगन्ज उपमहानगरपालिका-२ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार) लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको पाइएको हो।

हरिजनका आफन्तले सोमबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका हुन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । नेपालगन्ज कारागारबाट परिवारलाई थाहै नदिई रोल्पा कारागार पुयाइएका हरिजनको केही दिनअघि कारागारमै शंकास्पद मृत्यु भएपछि नेपालगन्ज कारागारका कर्मचारीले गरेको बदमासी खुल्न आएको हो।

Advertisement

प्रहरीले सुन्दरको शव रोल्पा कारागारको शौचालयमा देखेपछि परिवारलाई फोन गरेर ‘विजयविक्रम शाहले आत्महत्या गरेका छन्, शव बुझ्न आउनुहोला’ भनेर खबर गरेको थियो । परिवारले विजय आफूहरूको मान्छे नभएको बताएपछि प्रहरीले सुन्दरको झुन्डिएको अवस्थाको फोटो पठाएको थियो। त्यसपछि सुन्दरका दाइ रोल्पा पुगेर शव बुझ्दा पुर्जामा पनि विजयविक्रम नाम नै उल्लेख भएको पाइएपछि उनमा आशंका जन्मिएको थियो र उनले आफ्नो भाइको नाम सुन्दर भएको भन्दै सच्याउन लगाएका थिए ।

Advertisement

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *