Categories राजनीति हाइलाइट-समाचार

गठबन्धनका साझा उम्मेदवारद्वारा निकालिएको विजय जुलुस सम्पन्न

Advertisement

वीरगञ्ज । वीरगञ्जमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरु मेयर र उमेयरमा विजयी भएपछि नगरवासीलाई धन्यवाद दिँदै खुसियाली मनाउन आज विजय जुलुस निकालेका हुन ।

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह र नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् ।

Advertisement

सिंह र आलम विजयी भएको खुस्लियाली मनाउन र वीरगञ्जवासीलाई धन्यवाद दिन पाँच दलीय गठबन्धनका नेताहरुको सहभागितामा बुधबार दिउँसो आदर्शनगर रंगशालाबाट संयुक्त विजय र धन्यवाद जुलुश निकालिएको थियो ।

Advertisement

संयुक्त विजय जुलुशमा नवनिर्वाचित मेयर सिंह, उपमेयर आलम, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा, काँग्रेस, माओवादी र नेकपा एसका नेता कार्यकर्ता तथा हजारौं समर्थकहरुको सहभागिता रहेको थियो ।

आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजय जुलुश घडिअर्वा , घण्टाघर, मुर्ली चोक, पावरहाउस चोक, गण्डक चोक हुँदै परवानिपुर पुगेको थियो । त्यसपछि जुलुस परवानीपुरबाट जितपुर हुँदै वीरगञ्ज महानगरको टेढा, सोलखपुर, मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा, जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता, सबैठ्वा, रामगढवा, सिर्सिया, खल्वाटोला, इनरवा पनि पुगेको सचिव तबरेज अहमदले बताए । 

इनरवाबाट विजय जुलुश नगवा, भेडियाही हुँदै लक्षमणवाम चोेकमा पुगेर समापन भएको अहमदले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *