Categories समाचार समाज

पोखराको रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुँदै

Advertisement

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ ।

रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिनुभयो । मेलामा भलिबलसहित अन्य खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने छ । रिंजे नासामा गाउँमा २०१३ सालदेखि माघे संक्रान्ति मेला आयोजना गरिएकाले यसको निरन्तरता दिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Advertisement

‘२०१३ सालदेखि नै यहाँ माघे संक्रान्तिको दिन नौ धारामा स्नान गरी तरुल र मासको टिका लगाई आर्शिवाद लिने साथै कन्याहरुलाई सोही टिका लगाई आर्शिवाद दिने चलनको थियो,’ उहाँले भन्नुभयो,‘त्यसपछि ठेलो मात्र हानिन्थ्यो भने केही वर्षदेखि हामीले केही परिमार्जन गरेर मेला आयोजना गरिरहेका छौं ।’

Advertisement

साविक अर्मला गाविस ५ हाल पोखरा १६ स्थित यस रञ्जित गाउँ महेन्द्र गुफाबाट करिब ५ किलो मिटरको दुरीमा छ । पहिले गाउँमा ४० घरधुरी रहेकोमा आधुनिकतासँगै बसाईसराईले गर्दा गाउँ रित्तो हुन थालेपछि गाउँमा अध्यक्ष गुरुङको पहलमा विभिन्न कार्यक्रम गरिंदै आएको छ । त्यही अनुरुप गाउँको मेलालाई आधुनिकतासँगै परिमार्जित गरि गाउँ चिनाउन लागिपरेको उहाँले बताउनुभयो ।

बसाईसराई रोकी युवा जनशक्तिलाई गाउँमै रोजगार दिलाउने उदेश्यले केही कृषि फर्महरु दर्ता गरी हामे स्टे समेत सञ्चालन गरी आईरहेको छ । गाउँ नजिकै रहेका नौ धारे सिद्ध बराह मन्दिरमा टाढा टाढाबाट पनि भक्तजनहरु जाने भएको हुँदा दर्शनाथीहरुको भिड लाग्ने बताइन्छ ।

रञ्जित गाउँदेखि उत्तर तिर पर्ने मुलकोट भुमी पाँक डाँडा, नागी डाँडा जस्ता सुन्दर ठाउँमा रमाउन सकिने क्लबको उपाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो । यहाँको प्राकृतिक सुन्दरतासँगै नौ धारे सिद्ध बराह मन्दिरलाई धर्मिक पर्यटकीय स्थलका रुपमा विकास निर्माण गर्न मेलाले सहयोग पुग्ने उपाध्यक्ष तामाङले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement