Categories समाचार

१७ लाख बढी मुल्य बराबर तस्करीको सामान सहित ट्रक नियन्त्रणमा

Advertisement

वीरगन्ज । सशस्त्र प्रहरीले वीरगन्जको प्रतिमा चोकबाट तस्करीको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट किराना सामान लिएर हेटौडा तर्फ जादै गरेको ना २ ख ८८३५ नम्बरको ट्रक सशस्त्र प्रहरीले वीरगन्ज १५ प्रतिमा चोकबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

उक्त ट्रकबाट भन्सार राजश्व नतिरेको १७ लाख ८ हजार ९३ रुपैया मुल्यको हर्लिक्स,ड्राइ फुड्स लगायतका किराना सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

बरामद ट्रकको मुल्य २५ लाख र सामानको १७ लाख गरि कुल ४२ लाख मुल्यांकन गरि आवश्यक कार्वाहीका लागि बाराको पथलैया स्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *