Categories समाचार

हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

Advertisement

वीरगन्ज । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्।

हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय गरेको हो। 

Advertisement

साथै हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत -प्राधिकरणले गरेको छ । एक इन्जिन भएका हेलिकप्टरको उडानको हकमा भने प्राधिकरणले तोके बमोजिमको अवस्थामा बाहेक दुई जना विमान चालक अनिवार्य गरेको छ ।

Advertisement

यदि एकल पाइलटबाट नै हेलिकप्टरको उडान गर्ने हो भने यसको शर्त केके हुने हो, त्यसको लागि समिति गठन भएको प्रवक्ता कर्णले बताए।

आजको कारोबार दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *