Categories राजनीति समाचार

माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त : मन्त्री खानं

Advertisement

नेपालअखबार, काठमाडाैं । मन्त्री अब्दुल खानंले  माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेका छन् ।

उनले माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

Advertisement

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास का साथ  शुभकामना  व्यक्त गरेका छन्     ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement