Rato Pana
समाचार

स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार महेश दासलाई प्रदान

वीरगन्ज । स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगन्जका पत्रकार महेश दासलाई प्रदान गरिएको छ ।वीरगन्जका पूर्व मेयर एंव पत्रकार स्वर्गीय गोपाल गिरिको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पुरस्कार दासलाई प्रदान गरिएको हो ।

आइतबार बिहान नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दासलाई पुरस्कार प्रदान गरेका हुन् ।

गत पुस १९ मा बसेको पत्रकार महासंघ पर्साको बैठकले लामो समयदेखि वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । पुरस्कृत दास , वीरगन्ज महानगरका मेयर सिंहका प्रेस सल्लाहकार पनि हुन् ।

पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , स्वर्गीय गोपाल गिरीका छोरा गिरिश गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल ,पत्रकार सुदर्शनराज पाण्डे लगायतको पनि उपस्थिती थियो ।

यो पुरस्कारबाट यसअघि पत्रकारहर गया यादव, शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, तुलसी भण्डारी, प्रताप श्रेष्ठ लगायत पुरस्कृत भइसकेका छन् ।

सम्वन्धित समाचार

Leave a Comment