Categories समाचार

सिमरा बिमानस्थलबाट बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै उडान हुने

Advertisement

वीरगञ्ज ।  बाराको सिमरा बिमानस्थलबाट यही जेठ २४ गतेदेखि असार १३ गतेसम्म उडान बन्द हुने भएको छ ।

वर्षाैदेखि जीर्ण अवस्थामा रहेको सिमरा बिमानस्थल मर्मत तथा सम्भारका लागि हुने दैनिक उडानको समय कटौती गरिएको सिमरा बिमानस्थलले जनाएको छ ।

Advertisement

बिमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नुपर्ने भएको हुँदा यही जेठ २४ गतेदेखि असार १३ गतेसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा बिमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए ।

Advertisement

उनका अनुसार २० दिनभित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *