Categories समाचार

लोक सेवामा अर्काको नामको परीक्षा दिईरहेको अवस्थामा दुई जना पक्राउ

Advertisement

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् । 

महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिईरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको झोलाबाट नगद  ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकता समेत फेला पारी प्रहरीले बरामद गरेको छ । 

Advertisement

यसैगरी हेटौंडा उपमहानगरपालिका-११ स्थित यातायात ब्यवस्था कार्यालय हेटौंडाले लिईरहेको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम बिहीबार दिउँसो पक्राउ परेका छन् । 

Advertisement

सोही गाउँपालिका-७ बस्ने टुक नाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिई रहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनीहरू उपर प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *