नेपालअखबार, काठमाडौ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी संयुक्त प्यालनसहित चुनावमा गएका छन् ।
माओवादीको समर्थन बाट डा. ईश्वर जिसीलाई अध्यक्ष, एकीकृत समाजवादी तर्फबाट बाबुराम खड्कालाई द्वितीय उपाध्यक्षको उम्मेदवार बनाई १७ सदस्यिय प्यानल तयार गरी आइतबार काठमाडौंमा उम्मेद्वार घोषणासभा गरेको छ यही माघ ६ मा सम्पन्न हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा संघलाई सर्वसहमतको प्रयार वाट साझा उम्मेद्वारी दिने काम असफल भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फवाट प्यानल तयार भएको बताइएको छ घोषणा सभामा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको उपस्थितिमा घोषणासभा सम्पन्न भएको हो ।
सो प्यानलबाट जिसीको अध्यक्षतामा प्रथम उपाध्यक्षमा धनलाल जैसी, द्वितिय उपाध्यक्षमा वावुराम खड्का तृतीय उपाध्यक्ष अनिल बोगटी, महासचिव मधुकर रिजाल,सचिवमा टक्करबहादुर पाख्रिन, कोषाध्यक्षमा केदारनाथ अधिकारी,सदस्यहरुमा प्रेमबहादुर गिरी,देविमाया थापा,एकनारायण काफ्ले, फिरोज खान,कामेश्वर साह, हरिबहादुर गिरी,सन्दीप पुडासैनी,गणेश कुवर, सरोज कुशवाह शिवबहादुर कुँवर रहनु भएको छ ।






