Categories समाचार

पोखरामा भएको विमान दुर्घटनामा परेका ४ जना अझै बेपत्ता

Advertisement

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा परेका ४ जना अझै बेपत्ता रहेका छन् । पछिल्लो जानकारी अनुसार आईतबार भएको यती एयरको दुर्घटनाग्रस्त उक्त जहाजमा सवार ६८ जनाको शव भने भेटिएको छ ।

बेपत्ताहरुको खोजी अहिले पनि जारी राखिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा परेकाहरुको उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको टोली खटाइएको छ ।

Advertisement

आईतबार राति सम्ममा उद्धार टोलीले ६३ जनाको शव फेला पारेको थियो । त्यस्तै ५ वटा शव भने सोमबार बिहान फेला पारिएको हो । दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पनि सोमबार बिहान भेटिएको थियो ।

Advertisement

यतिबेला लगभग विमानको मुख्य भागसमेत उठाइसकेको तरपनि ४ जनाको फेला नपरेको हो । दुर्घटनास्थल अत्यन्तै खोँच रहेकाले भित्र भागमा खोजी भइरहेको प्रशासन कार्यालयले जनाएको छ । यद्यपि जहाजको मुख्य भाग उठाइसकेपनि ४ जनाको शव भने नभेटिएको हो ।

जहाज जलेको देखि करिब २०० मिटर भन्दा तल सेती नदी रहेको छ । शव सेती नदी भित्र पसेको हुनसक्ने पनि आशंका गरिएको छ । उनीहरुको खोजीका लागि अहिले क्रेन र गोताखोर प्रहरी पनि परिचालन गरिएको जनाइएको छ ।

उता मृतकहरुको शव भने पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । मृतकमध्ये अहिले सम्म ३८ जनाको पहिचान भइसकेको छ ।

फाइल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *