Categories अर्थ समाचार

आजदेखि श्वेत गंगा हाइड्रोपावरको आईपीओ खुल्ला

Advertisement

काठमाडौं । सोमबारदेखि श्वेत गंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले जेठ २३ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ वडाका बासिन्दाहरूलाई कुल निष्कासनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १ सय कित्ता सेयर छुट्याएको छ ।

Advertisement

आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा असार ६ गतेसम्म र ढिलोमा असार २१ गतेसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *