Categories अर्थ समाचार

श्रोत नखुलेको ३७ लाख रुपैयाँसहित एक पजा पक्राउ

Advertisement

पर्सा । प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लाका जयकमल साहलाई ३७ लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बारा पचरौता नगरपालिका ७ स्थायी घर भई हाल कालिमाटी बस्दै आएका साहलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली र १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

Advertisement

प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार साह हुन्डी कारोबारमा संलग्न भएको कसुरमा प्रहरीले निगरानी गर्दै आएको थियो । प्रहरीका अनुसार बरामद नेपाली र भारतीय रुपैयाँको पनि स्रोत खुलेको छैन ।

Advertisement

बरामद रकमसहित साहलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *