Categories समाचार

वीरगञ्ज : महानगरको पछिल्लो अवस्था नगरवासीलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने

Advertisement

पर्सा । वीरगञ्ज महानगरपालिकाको अहिलेको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गरिने भएको छ ।

आफूले पदबहाल गर्दा अघिसम्मको महानगरको अवस्थाबारे नगरवासीलाई जानकारी दिन जरुरी रहेकाले श्वेतपत्र जारी गर्न लागेको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए ।

Advertisement

सोमबार बसेको महानगरको पहिलो कार्यपालिका बैठकले महानगरको अवस्था नगरवासीलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

Advertisement

‘अहिले महानगरको अवस्था सबैलाई थाहा नै छ, जता हेर्यो उतै बेथिति भने जस्तै छ,’ नगरप्रमुख सिंहले भने, ‘त्यसैले यो कुरा सबैलाई जानकारी दिन श्वेत पत्र जारी गर्न लागेको हुँ ।’ श्वेत पत्रले महानगरको यथार्थ चित्रण गर्ने र आफूले त्यसलाई सुधार्दै नगरवासीको चाहना बमोजिम काम गर्न सहज हुने उनको भनाइ छ ।

श्वेत पत्रमा वीरगंज महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाको वर्तमान अवस्था लगायत विषय समेटिने छ ।

यस्तै सोमबार बसेको पहिलो बैठकले नगर प्रमुख सिंहले जेठ १२ गते पदभार ग्रहण गर्दा गरेका तीन वटा निर्णयलाई अनुमोदन पनि गरेको छ ।

उनले वीरगांजको घण्टाघर तथा पावरहाउस क्षेत्रको जीर्ण सडक मर्मत गर्ने निर्णय गरेका थिए । सडक विभागसंग अनुमति लिएर महानगरले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडकको घण्टाघरदेखि दक्षिण र पावरहाउस क्षोत्रको सडक मर्मत गारिसकेको छ । अब कालोपत्रे गर्ने तयारी भइरहेको छ ।

बैठकले असार १० गतेभित्र महानगरको बजेट ल्याउन आवश्यक तयारीका लागि दुईवटा समिति समेत गठन गरेको छ । नगर प्रमुखको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समिति र उपप्रमुख संयोजक रहने राजश्व परामर्श समिति समेत गठन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे नवनिर्वाचित नगर प्रमुख एवं उप प्रमुखलाई पदभार ग्रहण गराएपछि बिदामा छन् ।

प्रमुख प्रशासकीय अधिकृत नआउँदासम्म शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन बोर्ड सहमत भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *