परासी । जिल्ला अदालत, नवलपरासी परिसरमा गोली चलाएर फरार भएका हंशराज यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादवले सोमबार अदालत परिसरमै आफ्नै काकीलाई ताकेर गोली चलाएका थिए ।
यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यादवको साथबाट ७।६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरेको छ ।







