Categories राजनीति समाचार

लोसपासँग पार्टी एकताको लागि तयार छौं : अध्यक्ष यादव

Advertisement

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए । यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताएका छन् ।

उनले चुनाव अघि नागरिकता विधेयक पारित गरि सजहरुपमा नागरिकता वितरणको व्यवस्था गर्न माग गरे । मधेस प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनःनिर्धारण गर्न पनि यादवले माग गरे । बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले वर्तमान संसदीय निर्वाचन क्षेत्र अनुसार मधेसको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ५३ प्रतिशत वृद्धि भएकोले निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न माग गरेका हुन् ।

Advertisement

अध्यक्ष यादवले भने, विगत भन्दा अहिले ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि निर्वाचन क्षेत्र हुनुपर्छ, हामी भनिरहेका छौँ, निर्वाचन क्षेत्रलाई पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ ।’ अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटीपूर्ण रहेको समेत बताए । उनले समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटीपूर्ण रहेको र गलत प्रणाली तथा लामो प्रक्रियाका कारण निर्वाचन अत्याधिक खर्चिलो रहेको बताए ।

Advertisement

उनले विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र त्यसमा जातीवाद, पावर केहीको गुनजायस नरहेको भन्दै नेपाल जस्तो गरिब मुलुकमा विकृति मुलक र महंगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठ्ने खतरा बढ्दै जाने बताए ।

त्यस्तै उनले वर्तमान पाँच दलीय गठबन्धनबाट नै प्रदेश र संघीय निर्वाचनमा जाने भएकाले गठबन्धन कायमै रहने अध्यक्ष बताए । उनले गठबन्धनमा कहिले कहीँ कुनै दललाई घाटा पनि सहनु परेकाले पाँच दलीय गठबन्धन बन्ने बित्तिकै लोकतन्त्रमा रहेको संकट हट्दै गएको, लोकतन्त्रलाई संस्थागत गर्न सफल भएको दावी समेत गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *