Categories समाचार समाज

१५ वर्षीया कुमारी आमाद्वारा १६ दिने शिशुको हत्या

Advertisement

दाङ । दाङमा १५ वर्षीया कुमारी आमा (किशोरी) ले १६ दिने शिशुको हत्या गरेकी छन् । दाङको राप्ती गाउँपालिका ३ मुसरिया  गाउँकी १५  वर्षीया अञ्जना ( नाम  परिवर्तन) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको  हत्या  गरेकी हुन् ।

अञ्जनाले बुधबार बिहान सेफ्टी  ट्याङ्कीमा  फालेर  १६  दिने  शिशुको  हत्या  गरेको  दाङका  प्रहरी  प्रमुख एसपी  सुरेश  काफ्लेले जानकारी  दिए ।

Advertisement

अवैध गर्भधारणबाट जन्मिएको बच्चा  (बालिका) धेरै रोएको र स्तनपान  गराउँदा  पनि  रुन  नछाडेपछि  आवेशमा आई सेफ्टी  ट्याङ्कीमा लगेर  फालेको  ती  किशोरीले  साविती  बयान  दिएको  एसपी  काफ्लेले  बताए  ।

Advertisement

प्रहरीले  सेफ्टी  ट्याङ्कीबाट  शिशुको  शव  बरामद गरेको छ । शिशुको शव अहिले पोष्टमार्टमका  लागि  ल्याएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी किशोरीमाथि अनुसन्धान सुरु गरिएको एसपी  काफ्लेले बताए ।

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *