Categories राजनीति समाचार

आज पनि मन्त्री खान सिंहदरबार नजाने

Advertisement

नेपालअखबार,काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले उद्योग र सहरी विकास मन्त्रालयमध्ये एउटा नदिए सरकारमा नबस्ने चेतावनी दिएका छन्।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले आफूहरूलाई उद्योग मन्त्रालय दिने सहमति भएको र त्यस्तो नभए सहरी विकास मन्त्रालय चाहिने बताए।

Advertisement

उनले खानेपानी मन्त्रालय मात्रै दिने भए अर्को मन्त्रालयसमेत चाहिने बताए।

Advertisement

‘म अहिले बालुवाटारमै छु। प्रधानमन्त्रीसँग छलफल गरेपछि बेलुकासम्म एउटा निष्कर्ष आउला,’ उनले भने, ‘हामीसँग भएको सहमतिअनुसार अगाडि बढ्नुपर्छ भन्ने हो।’

आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै खानले पदभार सम्हाल्न अस्वीकार गरेका छन्। मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्। उनले आज पनि सिंहदरबार नजाने बताए।

पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो। अहिले बाँडफाँट गर्दा खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट बनेको हो।

अब के गर्ने भन्नेबारे निर्णय गर्न जनमत पार्टीको बैठक बस्ने बताइएको छ।

Advertisement
Advertisement
Advertisement