Categories समाचार समाज

उपकार सेवा नेपालले कम्बल वितरण कार्यक्रमलाई दियो निरन्तरता

वीरगन्ज । उपकार सेवा नेपालले कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

पछिल्लो दिनहरुमा आवश्यक रहेको विभिन्न स्थानमा चाहिएको सामान सहयोग गर्दै आइरहेको सेवा नेपालले अहिले चिसोलाइ मध्यनजर गर्दै कम्बल वितरणलाई निरन्तरता दिएको सहभागी अनिशकान्त कुश्वाहाले बताए ।

Advertisement

महागढीमाइ नगरपालिका वडा नम्बर १ पिपरपाती बारामा निम्न वर्गका २७ जनालाई कम्बल सहयोग गरिएको छ ।

Advertisement

यो प्रयासले केही हद्द्सम्म सहयोग हुने भएकोले कम्बल बितरण कार्य निरन्तर गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष बिद्ययादेबी सरावगीले बताउनु भयो।

वितरण कार्यक्रममा प्रकाश थारु, उपकार सेवा नेपालका सदस्य महेश बागेडिया, सुमन बगेडिया, स्थानिय पच्रौता क्लबका अध्यक्ष वीरेन्द्र मंडल, वडा अध्यक्ष सम्सोदिन अंसारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *