Categories समाचार

आँबुखैरनी ड्यामसाइडममा सडक भासिएको स्थानमा दुई शव र कार भेटियो

Advertisement

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरनी  गाउँपालिका-४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको छ ।

सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

Advertisement

सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ । मृतकको सनाखत भएको छैन । कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *