Categories हाइलाइट-समाचार

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

वीरगन्ज । पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८:४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११:१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ। बुधबार रातिदेखि पहिरोका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। 
    
सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्छ। 

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *