Categories राजनीति समाचार

सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि घिमिरेको उम्मेदवारी दर्ता

Advertisement

नेपालअखबार, काठमाडौँ । सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनले सभामुखका उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र  माओवादीका हितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा घिमिरेले उम्मेदवारी दिएका हुन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement