Categories राजनीति समाचार

कांग्रेस संसदीय दलले सभामुख उम्मेदवार छान्ने

Advertisement

नेपालअखबार काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीबाट सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।

तर उम्मेदवार भने तय भइसकेको छैन।

Advertisement

बुधबार दिउँसो १ बजे पार्टी संसदीय दल सिंहदरबारमा बस्ने बैठकले सभामुख उम्मेदवार टुंगो लगाउने तयारी छ।

Advertisement

सभामुख पदका लागि सांसदहरू ईश्वरी न्यौपाने र अम्बिका बस्नेतको नाम कांग्रेसभित्र चर्चामा छ।

पदाधिकारी बैठकमा सभापति देउवाले महिला सांसदमध्येबाट सभामुख उम्मेदवार बनाउन संकेत गरेका थिए।

न्यौपाने कैलालीकी हुन्। उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनले लामो समय महिला संघमा काम गरेकी थिइन् भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गरेकी थिइन्। उनी सभापति देउवानिकट छिन्।

यस्तै बस्नेतको नाम पनि सभामुख उम्मेदवारका रूपमा चर्चामा छ। उनी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी सभापति देउवानिकट छिन्। उनले पनि महिला संघमा काम गरेकी थिइन्। उनी २०७० र २०६४ मा पनि सांसद थिइन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले संसदीय दल बैठकले उम्मेदवारको टुंगो लगाउने बताए।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अरू दलहरूसँगको सहयोगमा सभामुख उम्मेदवार उठाउने तयारी रहेको बताए। सभापति देउवाले आज बिहान जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग पनि सभामुख निर्वाचनबारे कुराकानी गरेका थिए।

उनीहरूबीच मिलेर जाने विषयमा कुराकानी भएको थियो।

Advertisement
Advertisement
Advertisement