Categories समाचार

मुद्दाका कारण ठूलो सङ्ख्यामा कर्मचारीको पदपूर्ति अवरुद्ध

काठमाडौँ। लोकसेवा आयोगले निजामती तथा सङ्गठित संस्थाका विभिन्न पदमा गरेका विज्ञापनविरुद्ध परेका मुद्दाका कारण ठूलो सङ्ख्यामा कर्मचारीको पदपूर्ति अवरुद्ध हुने गरेको छ । खरिदार पदको विज्ञापनको पदपूर्ति तीन वर्षदेखि रोकिएको छ ।

कर्मचारी समायोजनको मुद्दाले आर्थिक वर्ष २०७६/७७ मा विज्ञापन भएर परीक्षा भएको खरिदारको नतिजा प्रकाशन रोकिएको छ । यसैगरी आव २०७७/७८ मा खुलेको खरिदारको विज्ञापनको अहिलेसम्म परीक्षा भएको छैन ।

Advertisement

समायोजनकै मुद्दाका कारण तीन सयभन्दा धेरै शाखा अधिकृतको पदपूर्ति प्रक्रिया अवरुद्ध भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कर्मचारी समायोजनको मुद्दाको टुङ्गो नलाग्दा ठूलो सङ्ख्यामा पदपूर्ति रोकिएको जानकारी दिनुभयो ।

Advertisement

कर्मचारी समायोजनको मुद्दा सुनुवाइका क्रममा छ । कर्मचारी समायोजनका क्रममा प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीले सङ्घमा नयाँ पदपूर्तिका लागि गरेको विज्ञापनविरुद्ध मुद्दा हालेका थिए र यसले गर्दा उक्त विज्ञापनको पदपूर्ति हुन नसकेको हो ।

याे खबर गाेरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *