Categories समाचार

परिवारमा झगडा परेपछि ६४ हजार भोल्टेज भएको तारको लठारो समात्दै हिँडेपछि…

Advertisement

काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन् । उनी हन् नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विक ।

परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका छन् । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।

Advertisement

तर, अचम्मको कुराचाहिँ उनले तारको लठारो समात्दै हिँड्दा पनि उनलाई कुनै करेन्ट लागेको छैन । यो देखेर स्थानीय अचम्मित र त्रसित छन् । तैपनि उनी ६ घण्टादेखि तारको लठारो समातेर हिँडिरहेका छन् ।

Advertisement

यस विषयमा ककनी प्रहरी कार्यालयलाई खबर गरिसकिएको र प्रहरी पनि घटना स्थानमा आइपुगेका छन् । उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका छन् । तल ओराल्न सकिएको छैन ।

फोटो : समाजिक सञ्जाल
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *