Categories समाचार

घरगोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

Advertisement

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ मा घरगोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

पटेर्वासुगौलीस्थित पश्चिम देकुलीमा बृजलाल दास थारुको घरगोठमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

Advertisement

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घरगोठमा आगलागी भएको प्रहरीले जनाएको छ । 

Advertisement

शनिबार राती १२ बजे तिर लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आइतबार बिहान २ बजे तिर निभाइएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादवले जानकारी दिए ।

आगलागीमा परि २ वटा भैंसी पनि जलेर गम्भीर घाइते भएको यादवले बताए ।

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *