Categories समाचार

निवर्तमान मेयर सरावगीको कार्यकालमा गरिएका विभिन्न ठेक्का सम्झौता खारेज हुने ।

Advertisement

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले महानगरमा भइरहेका विकास निर्माणका काम असार १५ गते भित्र सक्न निर्देशन दिएको छ । मंगलबार बसेको महानगर कार्यपालिकाको बैठकले महानगरसँग सम्झौता गरेर योजना अघि बढाइरहेका ठेकेदार र उपभोक्ता समितिले असार १५ दिन काम सकेर भुक्तानी लिइसक्नुपर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले आगामी असार १० गते नगरसभा आयोजना गर्ने, बजेट तर्जुमाका लागि उपमेयर इम्तियाज आलमको संयोजकत्वमा बजेट तर्जुमा समिति गठन गर्ने निर्णय पनि गरेको मेयर राजेशमान सिंहले जानकारी दिए । यसैगरि बैठकले मेयरको सचिवालय गठनका लागि कार्यविधि बनाउने तथा निवर्तमान मेयर विजय कुमार सरावगीको कार्यकालमा गरिएका विभिन्न ठेक्का सम्झौता खारेजीका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

Advertisement

यसअघिका मेयर सरावगीको कार्यकालमा सवारी कर, सरसफाई, नयाँ बसपार्क, पुरानो बसपार्कमा लगाइएको ठेक्काको विषयमा नव निर्वाचित मेयर सिंहले असन्तुष्टी जनाउँदै आएकाले ती सबै ठेक्का खाारेजीका लागि प्रकृया अगाडि बढाउने निर्णय मङगलबारको बैठकले गरेको हो ।

Advertisement

कार्यपालिका बैठकले महानगरको कानुनी सल्लाहकारसँगको परामर्शमा काम अघि बढाउने अधिकार मेयर सिंहलाई दिने निर्णय पनि गरेको छ । बैठकमा मेयर सिंहले महानगरपालिकाको आन्तरिक आयको अवस्था राम्रो नरहेको र संघ सरकारले पनि अघिल्लो वर्षको भन्दा ५ करोड बजेट कम दिएकोले यसपाली वडाहरुमा बजेट थपेर दिन नसक्ने बताएका थिए । मेयर सिंहले संघ सरकारसँग थप बजेट माग गरेर ल्याउने र वडाहरुमा विभिन्न कार्यक्रम पठाउने आश्वासन पनि दिएको बैठकमा सहभागी एक वडा अध्यक्षले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *