Categories कृषि समाचार

बारा, पर्साका जिल्लामा लगाएको उखु खेतिमा लाल सडन रोगको प्रकोप

बारा । बारा, पर्सा र आसपासका जिल्लामा लगाएको उखु खेतिमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ

रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालि श्रीपुरका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको छ ।

Advertisement

उखुको भित्र रातो हुने रोग नै रेड रोट हो । भेराइटी उखुको लागि रेड रोट रोक क्यान्सर जस्तै खतरनाक हुन्छ । ‘उखुको तेश्रो र चैथो पातमा पहेंलो भएको छ भने त्यसमा रेड रोट लागेको हुन्छ’, श्रीवास्तवले भने, ‘समयमै उपचार गरिएन भने सारा खेतमा फैलेर सबै बाली नै नस्ट गर्न सक्ने खतरा हुन्छ ।’

Advertisement

रेड रोट रोगबाट उखु बचाउनका लागि आफूहरुले यसको उपचारका लागि प्रयोग हुने रोको नामक पाउडर औषधि उधारोमा नै किसानलाई वितरण गरिरहेको रिलायन्सक उखु व्यवस्थापक अतुल मिश्रले जानकारी दिए ।

फोटो : समाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *