Categories समाचार

१ अर्ब २ करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजना पक्राउ

Advertisement

वीरगन्ज । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ।

ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो बरामद हेरोइनको बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँबराबार हुन आउने ब्युरोले जनाएको छ ।

Advertisement

विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

Advertisement

पक्राउ परेका सबै सातैजना महिला हुन् । उनीहरू सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। छ।

उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *