Categories समाचार

५ वर्षमै सुब्बाले कमाए ६ करोडबढी रुपैयाँ

Advertisement

काठमाडौं । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा रहँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भण्डारीले २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्वस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिएभने २०७७ साउनमा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्ममा कमाएको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँको स्रोत खुलेको छैन।

Advertisement

भण्डारीले कमाएको सो रकमको माग दाबीसहित शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अन्नपूर्ण पोस्ट

Advertisement
फोटो : अन्नपूर्ण पोस्ट
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *