वीरगञ्ज । वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रमा देखिएको रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
रक्त सञ्चार केन्द्रसँगको सहकार्यमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको कार्यक्रममा ६ महिला सहित ५१ जनाले रक्तदान गरेको संस्थाको वीरगञ्ज शाखाका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए ।
यहाँस्थित युनिटी फुड कोर्टमा गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाका प्रमुख अरविन्द लाल कर्णले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा सम्पूर्ण रक्तदाताहरु प्रति प्रसन्नता व्यक्त गरे।
प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल, वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, युवा नेता ओमप्रकाश सर्राफ, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, प्याब्सन केन्द्रिय सदस्य छेडुप लामा, मधेश प्रदेश उपाध्यक्ष श्याम केसी, सल्लाहकारद्वय मनि पाख्रिन र लालबाबुु पटेल, जिल्ला उपाध्यक्ष शिव गुुप्ता, जिल्ला सचिव राहुुल श्रीवास्तव लगायतको प्याब्सन पर्सा र एनप्याब्सन पर्साका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव विरेन्द्र यादवले गरेका थिए ।







