Categories समाचार

पहिलाे पाइला वीरगंजको प्रथम साधारण सभा सम्पन्न, विभिन्न व्यक्ति तथा संस्था सम्मानित

वीरगंज । पहिलाे पाइला नेपाल वीरगंज शाखाकाे प्रथम साधारण सभा शनिबार सम्पन्न भएकाे छ । वीरगंजस्थित नगर सभा गृहमा भएकाे सभाकाे उद्घाटन पहिलाे पाइला संस्थाकी केन्द्रिय अध्यक्ष प्रतिभा जिसिले गरेकी थिइन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी अध्यक्ष जिसिले सधै परिवर्तनका लागि पहिलाे पाइलाले काम गरिरहने वताइन । उनले समाजलाई परिवर्त गर्नु पर्ने आवश्यकता रहेकाे वताउँदै आफ्नाे गाउँ आफै बनाउनु पर्ने धारणा राखिन ।

Advertisement

पहिलाे पाइला नेपाल वीरगंज शाखाका अध्यक्ष निश्चल प्रजापतिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका संस्थापक सचिव विजय खड्का, केन्द्रिय सह सचिव आयुश पाैडेल, केन्द्रिय महासभा सदस्य दिपक पाण्डे, वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी, भाेलन्टिय समुह वीरगंजका संयाेजक राजन श्रीवास्तव, पत्रकार शम्भु कुमार सुमन, विनाेद पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

Advertisement

सभामा विभिन्न अवार्डहरु वितरण गर्नुकाे साथै विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे पहिलाे पाइलाका सदस्य राहुल साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *