Categories समाचार

पछिल्लो दुई महिनामा विपद्का घटनामा ७३ जनाको मृत्यु ।

Advertisement

काठमाडौँ । पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ७३ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ ।

Advertisement

गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी घाइते हुनेको सङ्ख्या पनि निकै छ भने भौतिक सम्पत्तिको क्षयको यकीन विवरण आइसकेको छैन ।

Advertisement

प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट)ले सञ्चारकर्मीका लागि आयोजना गरेको ‘पूर्वसूचना प्रणालीमा सञ्चारको भूमिका’ विषयक अन्तक्र्रियामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका पूर्वउपकूलपति प्रा डा जीवराज पोखरेलले केही वर्षयता प्राकृतिक विपद्का घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न मौलिक प्रविधिमा जोड दिनुपर्ने धारणा राखे ।

सहर बस्ती बसाउँदा सँगसँगै पोखरी बनाउनुपर्छ भन्ने कौटिल्यको सिद्धान्तलाई आत्मसात् गर्न सकिएमा बाढीपहिरो, आगलागीका घटना न्यून हुनुका साथै जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

मौसमविद् एवं डिपिनेटका प्राविधिक सल्लाहकार डा धरमराज उप्रेतीले मौसमको पूर्वसूचना अहिले पनि भारतको मौसम विभागबाट लिनुपर्ने अवस्था रहेको भए पनि तत्कालको भविष्यवाणी भने नेपालको जल तथा मौसम विज्ञान विभागको भरपर्दो रहेको उल्लेख गरे ।

मौसमविद् उप्रेतीले भने, ‘‘विगतका वर्षको तुलनामा यस वर्ष मनसुनको चाप बढी रहेकाले यसले बाढी, पहिरो, कटान, डुबानजस्ता क्षति विपद् ल्याउने हुँदा त्यसबाट सुरक्षित रहन पूर्वतयारीदेखि पूर्वसूचना प्रणालीलाई समुदायस्तरसम्म पु¥याउन जरुरी छ ।’ उनले विपद्सम्बन्धी ज्ञान, प्रभावकारी अनुगमन, चुस्त सञ्चार प्रणाली र समुदायको क्षमताको विकास नभएसम्म विपद् जोखिम न्यूनीकरण गर्न कठिनाइ हुने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वायत्त, अधिकारसम्पन्न र साधनस्रोत सम्पन्न नबनाएसम्म विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको प्रधानमन्त्रीको अध्यक्षतामा गठित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्यसमेत रहनुभएका डा तुलाधरको भनाइ छ ।

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *