Categories समाचार

बालेनको चुनावी खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ

Advertisement

काठमाडौं । देशकै ठूलो महानगरपालिका काठमाडौंका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले स्थानीय तह चुनावमा लागेको खर्च सार्वजनिक गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा लागेको कूल खर्च सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरेको विवरणअनुसार उनको चुनावी खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ रहेको छ । केहिँ समयअघि नै चुनावी खर्च सार्वजनिक भइसक्नुपर्ने भनिए पनि विविध कारणले ढिला भएकोमा उनले माफीसमेत मागेका छन् ।

Advertisement

उनले फेसबुकमा लेखेका छन्, ‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो। तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं। हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ (३,९४,४८९) भएको छ।’

Advertisement

मेयर बालेनले निर्वाचन प्रक्रिया लामो, बोझिलोमात्र होइन महंगो भइरहेकोमा आपत्ति पनि जनाएका छन् । उनले भनेका छन्, ‘जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’

मेयर बालेनले आफूले पाएको अमूल्य साथ, विश्वास र जिम्मेवारी पूरा गर्न हरसमय खटिने पनि बाचा गरेका छन् । ‘र, भन्नै पर्ने कुरा छ– एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।,’ उनले भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *