Categories हाइलाइट-समाचार

अन्तर्राष्ट्रिय कल बाईपास गर्ने अबैध धन्दा चलाउने एक भारतीय वीरगन्जबाट पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने अबैध धन्दा चलाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २ रेल्बे रोड स्थित मनान मिया तेलीको घरमा चार महिना देखि बस्दै आएका भारतीय नागरिक इरफान सुफियान खानलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाईपास गर्दै गर्दाको अवस्थामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । खानलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *