Categories समाचार

मानव वेचविखन गरेको आरोपमा बाराका एक सहित दुई जना पक्राउ

Advertisement

मोरङ । मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई असार ५ गते प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका-४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।

Advertisement

उनीहरूले १३ वर्षीया बालिकालाई वेचविखन गर्ने उद्देश्यले बिराटनगर महानगरपालिका-१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाईफकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

Advertisement

उनीहरु उपर जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *