Categories समाचार समाज

लागूऔषध दुर्व्यसन र साइबर अपराध नियूनिकरणका लागि जनचेतना अभियान शुरु

Advertisement

वीरगञ्ज । हन्ड्रेड्स ग्रुप वीरगञ्ज संस्थालेले वडा प्रहरी कार्यालय विर्तासँगको सहकार्यमा सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्सा जिल्लामा लागूऔषध दुर्व्यसन र साइबर अपराध नियूनिकरणका लागि जनचेतना फैलाउन शुरु गरेको छ । 
 

संस्थाले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित अल्पाइन स्कुलका विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन र साइबर अपराध सम्बन्धि अभिमुखीकरण गरेको छ  ।

Advertisement

विद्यालयको कक्षा ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लले लागूऔषध सेवनबाट गर्दा शारीरिक, मानसिक, आर्थिक, सामाजिक सबै खालको असर र प्रभावका बारेमा बताए । 

Advertisement

इन्स्पेक्टर मल्लले विद्यार्थीहरुलाई लागूऔषधका प्रकार, प्रयोगको अवस्था र असर सम्बन्धमा पनि प्रस्तुतीकरण गरे । त्यस्तै उनले लागूऔषधको कारोबार र सेवन गर्नेहरूका लागि कानुनी सजायको व्यवस्था सम्बन्धी समेत जानकारी गराए ।

मल्लले विद्यार्थीहरुलाई सामाजिक सञ्जाल र इन्टरनेट चलाउँदा संवेदनशील हुँदै सतर्कता अपनाउन र साइबर क्राइमका बारेमा समेत बताए । पछिल्लो समय युवा युवती इन्टरनेटको माध्यमबाट विभिन्न अपराधिक गतिविधिमा समेत संलग्न भएको बताउँदै उनले त्यस्तो गतिविधिको बारेमा जानकारी पाउन साथ नजिकको प्रहरी चौकीमा पुगेर जानकारी गराउन आग्रह पनि गरे ।

विद्यार्थीहरुबाट उठेको जिज्ञासाको उत्तर दिँदै उनले प्रहरीलाई आफ्नो साथी सरह ठानेर आवश्यकता परेको जुनसुकै बेला निर्धक्कसँग सम्पर्क गर्न आग्रह गरे । 

हन्ड्रेड्स ग्रुप वीरगञ्जका संयोजक विशेष साहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहसंयोजक विक्की सर्राफ, सची राहुल पटेल, सहसचिव सुशील पटेल, कोषाध्यक्ष मधुरञ्‍जन साह, कार्यक्रम प्रमुख रणधीर (आयुष) बरनवाल, सदस्यहरु अविशा गौतम, राजेश गुप्ता, पवन मण्डल, विजय साहलगायतको सहभागिता भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *