Categories समाचार

पेट्रोलियमको मूल्य घटाइयो तर उपभोग्य वस्तुको मूल्यवृद्धि घट्नेमा शङ्का

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ ।

सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ । कर कटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत दिन सरकारले मूल्य घटाएको जानकारी दिए ।

Advertisement

उनले डिजेल, पेट्रोलको मूल्य घटेसँगै बजारमा भएको मूल्यवृद्धि घट्ने बताए । बजार अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अस्वाभाविक मूल्य लिएको पाए तत्काल कारबाही गर्ने पनि उनले बताए ।

Advertisement

बजार भाउ सम्बन्धमा सरकारको विश्लेषण र निष्कर्ष यस्तो रहेको भए पनि निजी क्षेत्र बजार मूल्य बढेको मान्न तयार छैन ।

त्यसैले इन्धनको मूल्यवृद्धिलाई प्रमुख कारण देखाएर अन्य दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि भने घट्ला भन्नेमा शङ्का छ ।

अधिकांश उपभोग्य वस्तुमा एक पटक मूल्य बढेपछि पुनः त्यसको मूल्य घटेको अनुभव उपभोक्ताले गर्न नपाएको विगतका अनुभव छ ।

सांकेतिक तस्बिर

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *