Categories समाचार

जसपाका मन्त्री हेरफेर गर्ने तयारी

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो ।

अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना उपस्थित थिए । बैठकमा नेताहरुबीच मन्त्री हेरफेरबारे छलफल भएको थियो । ‘चुनावलाई ध्यानमा राखेर मन्त्री हेरफेर गर्ने तयारी छ,’ एक कार्यकारिणी सदस्य भन्छन्, ‘एकाध कि सिंगो टिम हेरफेर गर्ने भन्ने टुंगो लागेको छैन ।’

Advertisement

स्रोतका अनुसार कृषिमन्त्री महेन्द्र राय यादव भने हट्ने पक्का छ । डा. भट्टराई पक्षमा लागेका उनी संस्थापन पक्षले बोलाएका बैठकहरुमा अनुपस्थित रहँदै आएका छन् । सोमबार साँझ पनि उनी छलफलमा गएका थिएनन् ।

Advertisement

अरुलाई पनि फिर्ता बोलाएर नयाँ टिम पठाउने÷नपठाउनेबारे आगामी कार्यकारिणाी समितिले निर्णय गर्ने बताइएको छ । एक सदस्यका अनुसार सम्भवत २५ असारमा बैठक बस्नेछ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *