Categories समाचार समाज

वीरगञ्ज : बसपार्क क्षेत्रमा सञ्चालित होटलमा छापामारी, ३ महिला सहित ७ जना पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्जको बसपार्क क्षेत्रमा सञ्चालित होटलमा छापामारी गरी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

त्यस क्षेत्रमा सञ्चालित होटलहरुमा अनैतिक कृयाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले छापामारी गरी ३ जना महिला र ४ जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

Advertisement

बसपार्क क्षेत्रमा सञ्चालित होटल मयालु , समर होटल र रोयल होटलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

Advertisement

छापामारीका क्रममा उनीहरु आपत्तिजनक अवस्थामा फेला परेकाले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

पछिल्लो समय बसपार्क क्षेत्रमा सञ्चालित होटलहरुमा यौनब्यवसाय फस्टाएको थियो । स्थानीयको गुनासोपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटेको प्रहरीको टोलीले बुधबार होटलहरुमा छापामारी गरेको र आपत्तिजनक अवस्थामा फेला परेकालाई पक्राउ गरेको हो ।

साथै होटल सञ्चालकहरुलाई अनैतिक क्रियाकलाप होटलमा नगर्न प्रहरीले सचेत पनि गराएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *