वीरगन्ज । विभिन्न सामाजिक संस्थाहरुले निजी बिधालयलाई केन्द्रमा राखी सदरमुकाममा मात्र चलाउने विभिन्न किसिमका अभियान तथा सचेतना मुलक कार्यक्रमहरु गाउँघरका सरकारी बिधालयसम्म पुर्याउनु पर्ने धारणा सहित आज एक कार्यक्रम सम्पन्न भएको छ।
वीरगन्ज वडा न. २४ स्थित श्री शारदा माध्यमिक बिधालयमा आज समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत विद्यार्थीहरुलाई लागु पदार्थ तथा अवैध तस्करी सम्बन्धमा प्रशिक्षण सँगै दुर्घटना न्युनिकरणका लागि स्पिड ब्रेकर जडान गरिएको छ ।

श्री शारदा माध्यमिक बिधालयका प्रधानाध्यापक दयाकान्त झाको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले प्रशिक्षण दिएका थिए । लागु पदार्थको कुलतमा फसेर घर परिवार तथा समाजमा अपहेलित हुनुभन्दा पढाइमा ध्यान दिएर राष्ट्रको जिम्मेवार व्यक्ति बन्न दुबैजनाले जोड दिएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्र ना नी हनुमान राउत अहिरले विधार्थीहरुलाइ ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए ।

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र स्थानीयबासी श्याम कुश्वाहाको सयुँक्त आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
बिधालय अगाडि बनेको नयाँ रोडले दुर्घटना निम्त्याउन सकने भनेर सोही अवसरमा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिधालय अगाडि ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले स्थानीय श्याम कुश्वाहालाई स्पिड ब्रेकर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका कोषाध्यक्ष ज्योती रुंगटा, उपाध्यक्ष संजय शर्मा, चन्द्र अग्रवाल , रतन टेमानी , शिक्षक छोटेलाल साह, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरीक्षक धुर्व प्रसाद दहाल, प्रहरी नायब निरीक्षक हनुमान राउत अहिर सामुदायिक केन्द्र श्रीपुर मुर्लीका दिलिप प्रधान लगायतको उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन श्याम सरार्फले गरेका थिए ।







