Rato Pana
समाचार

श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक सामुदायिक विधालयमा पंखा सहयोग

पर्सा । वीरगंज महानगरपालिका वडा नम्बर २८ को बगहीमा रहेको एक विधालयमा विहीबार पंखा वितरण गरीएको छ ।

उपकार सेवा नेपाल नामक एक सामाजिक संस्थाले वडा नम्बर २८ बगहीमा मा रहेको श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक सामुदायिक विधालयमा पंखा विरतण गरेको हो ।

लोसपाका वीरगंज महानगर अध्यक्ष एव् युवा नेता ओम प्रकाश सरार्फको पहलमा संस्थाकी अध्यक्ष विधा सरावगीले विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेश साह र प्राध्यानाध्यापक राजेश्वर पाण्डेलाई १० थान पंखा वितरण गरेकी हुन् ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययनमैत्री बनाईदिन भन्दै सरार्फले उपकार सेवा नेपालकी अध्यक्ष विधा सरावगीलाई आग्रह गरेपछि पन्खा उपलब्ध गराएको सरार्फले जानकारी दिए ।

पंखा वितरण कार्यक्रममा संस्थाका पारस जैन,अंकुर शर्मा लगायतको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment