Categories Headlines मधेश प्रदेश समाचार

वीरगञ्जमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

२ फागुन बिरगंज

वीरगञ्ज महानगरापालिका वडा नम्बर २० अपौनीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको ज्यान गएको छ ।

Advertisement
 

सोमबार राति करिब साढे ७ बजेतिर ट्रकले ठक्कर दिँदा वीरगञ्ज २० अपौनीका नागेन्द्र ठाकुरको मृत्यु भएको हो । बहुअरीबाट परवानीपुरतर्फ गइरहेको बा प्र ०३–००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनीस्थित घर फर्कदै गरेका ठाकुरलाई ठक्कर दिएको हो ।

Advertisement

अपौनी चोकबाट साइकललाई दायाँ मोड्दै गर्दा ठाकुरलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठाकुर सडक किनारमा रहेको सिमेन्ट रेलिङमा च्याप्पिइ गम्भिर घाइते भएका थिए ।

प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोलीले उनलाई उद्दार गरेर नारायणी अस्पताल पु¥याएको थियो । चिकित्सक टोलीले ईसिजी लगायतको चेकजाँच पछि ठाकुरको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

ट्रकसहित चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ पालुङ घर भएका ३३ वर्षीय रमेश गोम्बालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *