Categories Headlines खेलकुद मधेश प्रदेश

खो खो खेल्न वीरगञ्ज महानगरको टोली भक्तपुर प्रस्थान


वीरगञ्ज
भक्तपुर नगरपालिकाको आयोजनामा भोली देखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगञ्ज महानगरपालिकाको टोली आज त्यस तर्फ प्रस्थान गरेको छ ।
टोलीलाई महानगर प्रमुख राजेशमान सिंहले टिका लगाएर विदाई गर्नुभयो । प्रतियोगितामा सहभागि हुन टिम म्यानेजरसहित १४ जना भक्तपुर लागेका हुन् ।
टोलीको विदाई गर्दै महानगरप्रमुख सिंहले प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिनुभयो ।
भोली देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिमले सहभागिताका लागि टिम दर्ता गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपतिले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *