Categories Uncategorized

समर्थन फिर्ता लिंदै मन्त्री पदबाट दाहाललाई बुझाए राजिनामा ।

Advertisement

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष संयुक्त राजीनामा बुझाएका हुन्। एमालेको तर्फबाट सरकारमा आठ जना मन्त्री सहभागी थिए।

सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो। पार्टीको निर्णय अनुसार सबैले संयुक्त राजीनामा बुझाएका हुन्।

Advertisement

एमालेबाट पौडेलसँगै ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राईले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Advertisement

गत पुस १० गते दाहाल नेतृत्वमा सरकार निर्माण भएसँगै एमाले पनि सहभागी भएको थियो। प्रधानमन्त्री दाहालसँगै एमालेका चार मन्त्रीले शपथ लिएका थिए। त्यसपछि मन्त्रिपरिषद् विस्तार हुँदा चार मन्त्री थपिएका थिए।

राष्ट्रपति चुनावलाई लिएर सत्तारुढ गठबन्धन भत्किएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका हुन्। राप्रपा मन्त्रीले फागुन १३ गते राजीनामा दिएका थिए।

एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब प्रधानमन्त्री दाहालले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ। साभार हिमालखबर ।


Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *