Categories Headlines मधेश प्रदेश राजनीति

मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौँ

Advertisement


वीरगनञ्ज,२८फागुन
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ग्रेटर वीरगञ्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन यहाँका उद्योगी व्यपारीसँग आग्रह गर्नु भएको छ।

आइतबार आयोजित वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रमुख सिंहले यस्तो आग्रह गर्नु भएको हो ।

Advertisement

यहाँको निजी क्षेत्रले करिब डेढ दशक पहिले नै ग्रेटर वीरगञ्जको अवधारणा ल्याएको भए पनि उक्त अवधारणा अहिले सम्म नारामै सिमित रहेको गुनासो उहाँले गर्नुभयो ।

Advertisement

महानगर प्रमुख सिंहले ग्रेटर वीरगञ्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन निजी क्षेत्रले पहलकदमी लिए त्यसमा हातेमालो गर्न वीरगञ्ज महानगर तयार रहने प्रतिबद्धता पनि जनाउनु भयो ।

उहाँले भन्नुभयो ,‘ ग्रेटर वीरगञ्जको अवधारणा ल्याइएको करिब १५ वर्ष वितिसक्यो तर अहिले त्यसको कुनै अत्तोपत्तो नै छैन, त्यसकारण म यहाँका उद्योगी व्यवसायीलाई आग्रह गर्छु आउनुस् त्यो अवधारणालाई अब साकार परौँ, त्यसमा महानगर हातेमालो गर्न तयार छ ।’

अब आउने संघको नेतृत्वले यसका लागि पहलकदमी लिने अपेक्षा आफुले गरेको पनि उहाँले बताउनु भयो ।

महानगर प्रमुख सिंहले निजी क्षेत्रको साथ बिना वीरगञ्जको मात्र नभइ देशको विकास पनि सम्भव नभएको बताउनु भयो । त्यसैले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न उहाँले सरकारलाई आग्रह पनि गर्नुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *