Categories Headlines राजनीति समाचार

उपराष्ट्रपति चयनका लागि मतदान सुरु ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चयनका मतदान सुरु भएको छ। संघीय संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अहिले बिहान १० बजेदेखि मतदान सुरु भएको हो। उपराष्ट्रपति चयनका लागि संघीय संसद्‌ (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउँछन्।

निर्वाचनमा संघीय संसद्का ३३२ र ७ वटै प्रदेशसभाका ५५० सदस्य मतदाता छन्। मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्र अगाडि लाइनमा लागेका थिए। उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन्।
मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *